मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीचको छलफल सकियो

Nagarik Sewa 4519+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। दुई दलका शीर्ष नेता सहभागी बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नै नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। 

नेता खड्काका अनुसार छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको छ। ‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन’, खड्काको भनाइ छ ।  उनले बागमती सरकारबारे सामान्य समीक्षा भएको छ । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो’, खड्काले भने, ‘हामीले बागमतीको समस्या चाँडै हल गर्छौ भन्यौ ।’

त्यसबाहेक समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार