मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन

Nagarik Sewa 1242+ समाचार ( )
४ पौष २०८१, बिहीबार

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्न निर्देशन दिएका छन् । 

गएराति मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुग्नु भई छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी बितरणका लागि

बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गरी नागरिकलाई चाडो शुद्ध मेलम्चीको पानी बितरण गर्न निर्देशन दिएका हुन् । 

उनले भने, “पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्नुस्, नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझनु होला ।”

यसैगरी नयाँ पाइपलाइन मध्ये केहि केही ठाउँमा पानी लिकेज भई चुहावट भईरहेकाले सो चुहावटलाई मर्मत गरी पानी सुचारु गरी अन्तिम परीक्षण कार्य सम्पन गर्न समेत मन्त्री यादवले मातहतका कर्मचारी एवं कामदारहरुलाई निर्देशन दिए । 

काठमाडौँ उपत्यकामा सहज रुपमा मेल्मचीको पानी बितरणका लागि खानेपानीका नयाँ पाइपलाइन बिछ्याउन थालिएको छ ।

सोही क्रममा मन्त्री यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

उक्त छड्के अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार