राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

Nagarik Sewa 4431+ समाचार ( )
३० माघ २०८२, बिहीबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२र१०र२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार