कारको ठक्करबाट २ महिलाको मृत्यु

Nagarik Sewa 4392+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं। कपिलवस्तुमा बिहान मर्निङ वाकमा हिँडिरहेका २ महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। पत्थरकोट गोरुसिङ्गे सडक खण्डअन्तर्गत बुद्ध भूमि नगरपालिका १, वसन्तपुरमा शुक्रबार बिहान गोरुसिङ्गेतर्फ जाँदै गरेको बा १ अ ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा वसन्तपुरकै ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन्। कारको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

प्रहरीले ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालक श्रेष्ठले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठ रहेको पौडेलले बताए।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार