रौतहटमा पुरुषको शव फेला

Nagarik Sewa 4431+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं। शुक्रवार बिहान रौतहटको राजदेवी नगरपालिका –४ मा पुरुषको शव फेला परेको छ। गडहिया घाटस्थित बागमती नदीको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता  प्रहरी नायब उपरीक्षक राजु कार्कीले  जानकारी दिनुभयो । 

अन्दाजी ४२ वर्षको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको परिचय हालसम्म खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । शुक्रवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार