मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू: चन्द्र भण्डारी

Nagarik Sewa 5112+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा नैतिकताका हिसालबे यो पदबाट राजीनामा दिने विचारमा रहेका बेला पार्टीका नेता चन्द्र भण्डारीले त्यसो नगर्न सुझाव दिएका छन्।  अहिले राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने सयम भएको उल्लेख गर्दै पूर्वसांसदसमेत रहेका भण्डारीले सभापति थापालाई बरु छिटो कांग्रेसको महाधिवेशन गराउन आग्रह गरेका छन्। 

‘राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो। अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो’, नेता भण्डारीले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छाडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ, यदि इच्छाशक्ति र साहस छ भने।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार