सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4343+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काठमाडौं । नेपाली बजारमा मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।  त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार