मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

शैक्षिक सुधारका लागि दुधौली नगरपालिकाले गर्यो प्रशिक्षण कार्यक्रम

Nagarik Sewa 2364+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

सिन्धुली । दुधौली नगरपालिकाले शैक्षिक सुधारका लागि सञ्चालन गरेको प्रशिक्षण कार्यक्रम हालसम्म १४ विद्यालयमा सम्पन्न भएको छ। आज दुधौली नगरपालिका वडा नं. १२ स्थित मावि जिनाखुमा कार्यक्रम सम्पन्न गरिएको छ।

नगरपालिकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरी सञ्चालन गरेको यस प्रशिक्षण कार्यक्रमले शिक्षामा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। मावि जिनाखुका शिक्षक धन बहादुर तामाङका अनुसार चेतनाको विकासले हरेक कार्य प्रभावकारी रूपमा गर्न सकिने भएकाले यो कार्यक्रम अत्यन्त उपयोगी भएको छ। उनले शिक्षकहरूमा उत्साह र जागरुकता वृद्धि हुने बताउँदै, विद्यार्थीहरूले घरमा राम्रो शिक्षा पाए विद्यालयमा सिकाइ सहज हुने धारणा राखे।

मावि जिनाखुका प्रधानाध्यापक जित बहादुर मगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई दिइएको यो प्रशिक्षणले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। अभिभावकहरूले विद्यालयमा बालबालिका नियमित रूपमा उपस्थित छन् वा छैनन् भन्ने विषयमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए।

दुधौली नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माका अनुसार नगरपालिकामा रहेका ७८ सामुदायिक विद्यालयहरूमध्ये २१ वटा मावि तहका विद्यालयमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नगर प्रमुख दिनेश अधिकारीले विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै शिक्षामा सुधार गर्न सबै एकजुट हुनुपर्ने बताए। उनले कुल बजेटको आधा हिस्सा शिक्षामा खर्च भए पनि अपेक्षित सुधार नआएकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रशिक्षण प्रदान गरिएको स्पष्ट पारे।

विद्यार्थीहरूको अनुसार यो कार्यक्रम शिक्षक र विद्यार्थी दुवैका लागि शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार