मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

निकोलस भुसालले लिए लामीछानेको हिरासतभीत्रको फोटो सार्वजनिक गरेको जिम्मा

Nagarik Sewa 4518+ समाचार ( )
४ पौष २०८१, बिहीबार

पोखरा । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामीछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएको छ। गृहमन्त्री रमेश लेखकले एउटा सानो कोठामा रवि लामीछाने सिरक ओढेर सुतिरहेको हिरासतभीत्रको फोटो सार्वजनिक गर्नेमाथि र त्यसमा संलग्न जिम्मेवारीमा रहेको प्रहरी अधिकारीमाथि समेत अनुसन्धान गर्न प्रहरी महारनिरीक्षकलाई निर्देशन दिइसक्नु भइको छ। हिरासतभीत्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस पनि सुरु भएको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने र कहिले गाँजा उत्पादन र बिक्री वितरण खुला राख्नुपर्ने त कहिले हिन्दु राष्ट्र हुनुपर्ने भन्दै आन्दोलन गरिराख्ने डा. निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको हैन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’

निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’

बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार