मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा

Nagarik Sewa 5112+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताएका हुन्।

‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौं। प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्नुपर्छ भन्ने हो। त्यही प्रदेशको स्थानीय तह र पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता र एक अर्काको कोर्डिनेशन अझै प्रभावकारी हुन्छ,' उनले भने।

उनले विभिन्न कालखण्डमा गठन भएर अहिले काम नै नभएका आयोगहरू पनि बन्द गर्नुपर्ने बताए। 'हामी कहाँ खर्च कटौति गर्दछौँ, लगभग ११२ वटा आयोग, नियोगहरु छ। त्यो विभिन्न कालखण्डमा बनाइएको थियो, अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर त्यसको काम छैन । ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब जोगिन्छ,’ उनले भन। 

सांसद झाले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताए। सत्तापक्षाले संसदमा प्रतिपक्षको खण्डन नगर्ने  बताउँदै उनले  अब सत्तापक्षलाई रास्वपाले संसदीय अभ्यास सिकाउने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार