मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु

Nagarik Sewa 5112+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

काठमाडौं। नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको छ। गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ। 

एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन। ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ। त्यस्तै, आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ। 

असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन्। उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन्। अर्कोतिर आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बुझिएको छ। भण्डारीको सदस्यता खुला गर्ने सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि उनलाई के जिम्मेवारी दिइन्छ भन्ने चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार