साहित्यकार यदुनाथ बसन्तपुरेको १७ औँ कृति मेरो भूमिमा सावर्जनिक

Nagarik Sewa 4431+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। कवि यदुनाथ वसन्तपुरेको कविता संग्रह "मेरो भूमिमा"  लोकार्पण गरिएको छ। शुक्रबार काठमाडौंको थलीमा आयोजित एक कार्यक्रममा वसन्तपुरेको कविता संग्रह 'मेरो भूमिमा' सार्वजिनक गरिएको हो ।  

शुक्रबारको समारोहमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वसन्तपुरेको काव्यकला र शब्दशक्ति विशेष उल्लेख गर्दै भन्नुभयो कि यस पुस्तकले नेपाली माटो र यसको अनमोल सांस्कृतिक धरोहरप्रतिको अडिग प्रेमलाई चित्रित गरेको छ। "वसन्तपुरेले आफ्नो कवितामा नेपाली भूमि र जनताको महानता र संघर्षलाई प्रकट गर्नुभएको छ, जसले हामी सबैलाई हाम्रो मुलुकप्रतिको जिम्मेवारी र माया पुनः जागृत गराउँछ।"

कवि वसन्तपुरे, जो शिक्षण पेशाबाट निवृत्त हुनुभएको हाे ।  उहाँका काव्य सृजनामा गहिरा सामाजिक, सांस्कृतिक र राष्ट्रप्रेमी भावनाहरू प्रकट भएका छन्। पुस्तक "मेरो भूमिमा" वसन्तपुरेकाे  जीवनका अनुभव, विचार र भावनाहरू समेटिएका छन् ।

यस काव्य संग्रहको लोकार्पणले वसन्तपुरेका काव्य लेखनमा नयाँ अध्यायको सुरुआत गरेको छ र साहित्यिक क्षेत्रका लागि एक महत्वपूर्ण योगदानका रूपमा लिइएको छ। उहाँका १७ वटा काव्य रचनाहरू प्रकाशित भइसकेका छन् ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार