तोलामा १४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4515+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। आज (मंगलबार) सुनको मूल्य प्रतितोला रू १ हजार ४ सय र चाँदी प्रतितोला रू २५ बढेको छ। 

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै