प्रचण्डद्वारा नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

Nagarik Sewa 4180+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी पुग्नुभएका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो।

‘यस नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु। नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु’, उहाँले भन्नुभयो। 

कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेस गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार