मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

महिलालाई अधिकार दिने क्षेत्रमा नेपाल अगाडि रहेको सभापति देउवाको दाबी

Nagarik Sewa 4669+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताउनुभएको छ ।

शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गर्नुभयो ।

सभापति देउवाले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताउनुभयो । उहाँले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरुले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताउनुभयो । उहाँले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार