मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कञ्चनपुरमा भत्काइयो ३९ वटा छाउगोठ

Nagarik Sewa 5112+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए। ‘बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ,’ उनले भने, ‘स्थानीय प्रतिनिधि, संघसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो।’ 

गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो। प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन्।

यहाँको बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काएको जानकारी दिए।‘हामीले छाउगोठ भत्काएका छौं तर पुनः छाउगोठ बनाइहाल्छन् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘छाउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौं।’ उनले छाउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको बताए।  ‘आज मात्रै हामीले १६ वटा छाउगोठ भत्काएका छौं,’  उनले भने, ‘अहिले यहाँका नागरिक सचेत भएका छन्।

पहिला जस्तो अवरोध भएको छैन।’गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान चलाए पनि केही स्थानीयले अवरोध गरेपछि रोकिएको थियो। असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार