मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन

Nagarik Sewa 4723+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगरस्थित जिल्ला कारागार मोरङभित्र सुरक्षाकर्मीले सर्च अभियान र खानतलासी सुरु गरेका छन् । त्यहाँ लागुऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सोमबार (भदौ १) बिहानैदेखि  खानतलासी गरिएको प्रहरीले जनाएको छ । कारागार प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न ब्लक तथा कक्षहरूमा सुरक्षाकर्मी पुगेर खानतलासी गरिरहेका छन् ।

कारागारभित्र गाँजासहित लागुपदार्थको समेत कारोबार र प्रयोग हुन थालेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सर्च अभियान चलाइएको कारागार प्रशासनले जनाएको छ । खानतलासी गर्न सुरक्षाकर्मीको टोली कारागारभित्र प्रवेश गरेलगत्तै कैदीबन्दीहरूले नाराबाजी गरेका छन् । कैदीहरू कारागारको छतमा पुगेर नाराबाजी गरिरहेका छन् ।

कारागार परिसर र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन र अवैध वस्तुको ओसारपसार रोक्न खानतलासी गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार