प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना व्यक्त

Nagarik Sewa 4849+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्नुहुँदै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन शुरु भएको बतानुभएको छ । उहाँले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, “सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन शुरु भयो, हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै