मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन

Nagarik Sewa 4834+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

अमेरिका । नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना र अझै बेपत्ता रहेकाहरूको सकुशलताको कामना गर्दै अमेरिकाको डलासमा नेपाली समुदायले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

डलासस्थित रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमीहरू सहभागी भएका थिए। कार्यक्रममा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नेपालले भोगिरहेको जलवायु जोखिमलाई जलवायु न्यायको विषयका रूपमा विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठाइएको थियो ।

डलासमा उठाइएको यही मुद्दालाई अब अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने तयारी गरिएको छ । भिजिट नेपालले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि शान्तिपूर्ण मौन प्रदर्शन गरी नेपालका लागि जलवायु न्याय, हानि तथा क्षति, अनुकूलन र पुनर्निर्माणमा विश्व समुदायको ध्यानाकर्षण गराउने जनाएको छ ।

कार्यक्रममार्फत विपत्तिपछि नेपाललाई केवल पीडाको दृष्टिले नहेर्न र नेपाल भ्रमणमार्फत पुनर्निर्माणमा साथ दिन पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ । सुरक्षित र खुला रहेका हजारौँ पर्यटकीय गन्तव्यको जिम्मेवार भ्रमणले स्थानीय होटल, पथप्रदर्शक, भरिया, चालक, किसान, साना व्यवसायी र परिवारको आयआर्जनमा प्रत्यक्ष सहयोग पुग्ने आयोजकको भनाइ छ।

डलासको कार्यक्रमले तीनवटा सन्देश दिएको छ—ज्यान गुमाएकाहरूको सम्झना, बेपत्ताहरूका लागि प्रार्थना र नेपालको भविष्यका लागि जलवायु न्याय। डलासमा दीपमार्फत व्यक्त भएको ऐक्यबद्धता अब राष्ट्रसंघ मुख्यालय अगाडि मौन प्रदर्शनमा बदलिँदैछ—सन्देश भने एउटै छ, “नेपालसँग आज पनि, भोलि पनि।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार