मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

महावीर पुनले किताब बेचेर गरे एक करोड १० लाख नगद संकलन

Nagarik Sewa 4670+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

सुनसरी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले सुनसरीको धरानमा किताब बेचेर एक करोड १० लाख ४२ हजार २ सय ५० रुपैयाँ संकलन गर्नुभएको छ । डा. पुनले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यलायहरुमा पुगेर किताब बेच्नुभएको थियो । उहाँले धरानको भानुचोकमा बसेर दैनिक किताब बेचेर नगद संकलन गर्नुभएको हो ।

बन्द रहेको बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताउनुभयो । सरकारसँग बीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गरेका पुनले किताब बेचेर रकम संकलन गरी उक्त कारखानाको पुनः निर्माण गरि सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

धरानमा किताब बेचेर पुन हाल सुनसरीको इटहरीमा किताब बेच्न झर्नुभएको छ । उहाँले इटहरीवासीलाई पनि किताब किनेर सहयोग गर्न अनुरोध गर्नुभएको छ । इटहरीवासीले पनि पुनका किताब किनेर उहाँलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार