मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

५ खेल जित्दै सुदूरपश्चिम लगातार

Nagarik Sewa 5112+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४  ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे । यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए । बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।

साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो । लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ । अंकगणितीय झिनो सम्भावना कायम रहेपनि जनकपुरले प्लेअफ पुग्न आफ्नो बाँकी ३ खेल मात्र जितेर पुग्दै बाँकी टिमको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकमा १४६ रनको लक्ष्य दिएको थियो । जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको हो । कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे । ३५-३ को अवस्थाबाट लफ्टी इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स सम्हालेका थिए ।

सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार