तोलामा १८ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4478+ समाचार ( )
७ जेठ २०८३, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो। 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम गरिएको छ। बुधबार भने २ लाख ५० हजार ३४० रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको छ। महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आउने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार