काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।अर्थ मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेश गर्नुभएको हो।
गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाको बारेमा विस्तृत जानकारी समावेश गरिएको बताउनुभयो। विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको उहाँले उल्लेख गर्नुभएको छ ।