गृहमन्त्री गुरुङद्वारा फेसबुकमार्फत् सोफामा सुतेको तस्बिर सार्वजनिक

Nagarik Sewa 4809+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले आफ्नै फेसबुकमार्फत् सोफामा सुतेको तस्बिर सार्वजनिक गर्नुभएको छ। उक्त तस्बिरमा उहाँ कार्यालयभित्रै सोफामा सिरक ओढेर आराम गरिरहेको अवस्थामा देखिनुहुन्छ।

तस्बिरसँगै उहाँले “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने सन्देशसमेत लेख्नुभएको छ। गृहमन्त्री बनेपछि गुरुङ हाल विभिन्न गतिविधिमा सक्रिय देखिनुभएको छ। उहाँले प्रहरी कार्यालयहरूको अवलोकन गर्ने, विवादित व्यक्तिहरू तथा बिचौलियामाथि निगरानी बढाउने लगायतका काममा चासो दिनुभएको छ।

साथै, जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेसम्मका कदममा पनि सक्रियता देखाएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार