मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ- ‘जेनजी’ प्रतिनिधि

Nagarik Sewa 4674+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

काठमाडौं । ‘जेनजी’ प्रतिनिधिले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । शनिबार (कात्तिक ८) काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका निम्ति भेला भएका जेनजीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् ।

शनिबार अपराह्न पत्रकार सम्मेलन गरी उनीहरूले जेनजीलाई एकताबद्ध गराउने अभियानमा जुटेकालाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

शान्तिपूर्ण रूपमा भेला भएका जेनजीलाई पक्राउ गरिएकाले तत्काल उनीहरूलाई नछाडिए कडा कदम चाल्न आफूहरू बाध्य हुने प्रतिनिधि मञ्जना राईले चेतावनी दिइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूका मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन् ।

राईले भनिन्, “अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ, यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।” 

उनीहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी दिए । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध लाग्न सबैलाई आह्वान गरे ।

“हामीलाई युनिफाइड पनि हुन नदिने, यो कस्तो सरकार हो ? युनिफिकेसनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ,” उनले भने, “सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ ।”

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार