छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ छैनः डा. बाबुराम भट्टराई

Nagarik Sewa 4689+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ।

बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२-०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउनुभयो। आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने उहाँको जिकिर छ ।

नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्त्व र गरीमा बुझाउनुपर्ने धारणा उहाँले राख्नुभयो। उहाँले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने उहाँको जिकिर छ। उहाँले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयता जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार