अध्यक्ष पद छाड्न तयार छु: प्रचण्ड

Nagarik Sewa 4680+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरे।

उनले भने, ‘कतिपयले अध्यक्ष छाड् छाड् भन्दैछन्, मलाई अध्यक्ष चाहिएको छैन। मैले यही कुरालाई मनन गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक बनाएको हुँ। महाधिवेशनमा जस्तोसुकै त्याग गर्न तयार छु।’

उनले थपे, ‘जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन्, क्रान्तिकारीको उत्तराधिकारी हुन्, अरूले धेरै लोलोपोतो नगरे हुन्छ। हामी हिजोका क्रान्तिकारी हौँ। प्रतिक्रियावादीद्वारा आतंककारी भनिएका हामी, तपाईँ जेनजी युवाहरू आजका क्रान्तिकारी। अहिले पनि प्रतिकृयावादीहरुले तपाईँहरूलाई आतंककारीकै दर्जामा राख्न चाहेका छन्। आउनुस् सबै क्रान्तिकारी एक भएर यो देशलाई अझ समुन्नत बनाउन सहयोग गरौँ।’

उनले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूबिच एकताको तयारी भइसकेको बताए। उनले जेनजी युवाहरू आजको क्रान्तिकारी भएको बताए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार