मन्थली–काठमाडौं उडान सेवा बन्द

Nagarik Sewa 4376+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। दुई महिना सञ्चालनमा रहेको रामेछापको मन्थली–काठमाडौं उडान सेवा तालिका नभएको भन्दै बिमान कम्पनीहरुले बन्द गरेका छन्।  

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजि बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए ।

तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाण्डौंका लागि उडान सेवा बन्द भएको छ । बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु समेत अलपत्र परेका छन्।

जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्गसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् ।

बिमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार