मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

८.२४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4519+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेर २६२२ अंकमा कायम भएको छ। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।

७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशत घट् । त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढे । दुई कम्पनी मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मूल्य धेरै बढ्ने अरु धितोपत्रमा डिबेन्चर अगाडि रहे ।

इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.९२ पिपुल्स हाइड्रोपावरको ४.६८ तथा उन्नति सहकार्य लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सिनर्जी पावर र युनियन हाइड्रोपावर छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार