जेठ २० देखि असार १५ सम्म १९ दिन संसद बस्ने

Nagarik Sewa 4426+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ। सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संस्दको क्यालेन्डर पारित गरेको हो। 

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिनुहुनेछ। २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।

सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ । शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिएकाले पछि कार्यसूचीमा राखिने नेताहरूले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार