एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

Nagarik Sewa 4765+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

काठमाडौं। २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले ग्रेड्बृद्धिको लागि लिएको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

गत असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन्। उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए। जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका उनले बताए।

पूरकको नतिजासँगै एसईई उतीर्ण गर्ने विद्यार्थी ८५.३७ प्रतिशत पुगेका छन्। परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी रहेका थिए। मूल परीक्षामा ननग्रेडेड रहेका र ग्रेड वृद्धिका लागि योग्य रहेका १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी नै भएनन्। बोर्डका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट,परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०)को वेबसाइट, विभिन्न सूचना प्रदायक र टेलिफोन सेवा प्रदायकका वेबसाइट, आईभीआर, एसएमएस तथा यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्। साथै, परीक्षा नियन्त्रण कार्यालयले वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षण गराउन समेत सक्ने व्यवस्था मिलाइएको छ । सोको लागि असार २५ गतेदेखि असार ३१ गतेसम्म निवेदन दिनुपर्ने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनाएका छन् । निवेदन अनलाइनबाट दिने ब्यवस्था गरिएको छ । बिस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट www.see.gov.np मा हेर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार