ओली र लेखकलाई पाँचदिन थुनामा राखेर अनुसन्धान गरिने

Nagarik Sewa 4456+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार दुवै जनालाई पाँच पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ ।  शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।

प्रहरीले १० दिन थुनामा राख्न मागसहित इजलास समक्ष निवेदन पेश गरेको थियो । भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरु शनिबार पक्राउ परेका थिए । 

दुवै जनालाई १० दिन थुना म्यादको मागसहित सरकारी वकिलले इजलास समक्ष निवेदन पेश गरेका थिए ।  पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । उनको ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको थियो । लेखक भने सुनुवाईका क्रममा इजलासमै उपस्थित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै