मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

त्रिवि नर्सिङ क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

Nagarik Sewa 4868+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज नर्सिङ क्याम्पसमा आइतबार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच भएको उक्त प्रतियोगिताको उद्घाटन विशेष अतिथि साहित्यकार तथा सम्पादक रमेश दाहालले गरेका थिए। कार्यक्रममा क्याम्पस प्रमुख मुना राना थापाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि लोकप्रिय इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल रहेका थिए।

प्रतियोगितामा सहभागी सात समूहले विशुद्ध नेपाली तीज गीत प्रस्तुत गरेका थिए। प्रस्तुत गीतहरूमा नर्सहरूको पेशागत कठिनाइ, सेवाभाव, सरकारको उदासीनता, स्वास्थ्यप्रति सचेत रहनु पर्ने सन्देशलगायतका भावनात्मक शब्दहरू समेटिएका थिए।

गीतहरूको मूल्याङ्कन प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ र साहित्यकार पार्वती भट्टले गरेका थिए। मूल्याङ्कनका आधारमा सातौँ समूह प्रथम घोषित भयो भने अन्य समूहहरूलाई द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि कृष्ण कँडेल, विशेष अतिथि रमेश दाहाल र क्याम्पस प्रमुख मुना राना थापाले गरेका थिए। कँडेलले प्रतियोगितामा प्रस्तुत गीतहरूले ३० वर्षअघिको तीजको स्मरण गराएको उल्लेख गर्दै हाल पार्टी प्यालेसमा मदिरा र छाडा प्रवृत्तिका गीतसँगै तीज मनाउने संस्कृतिलाई रोक्ने सन्देश पनि दिएको बताए। उनले इन्द्रेणी कार्यक्रममा विजयी समूहलाई सहभागी गराइने समेत जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथि कँडेल र गायिका निर्मला भण्डारीबीचको “राइझुमा” बोलको दोहोरीले माहोल झनै रोचक बनाएको थियो। कार्यक्रम शिक्षिका सीता वलीले सञ्चालन गरेकी थिइन् भने सह–प्राध्यापक कृष्णादेवी श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिलाई कदरपत्र, निर्णायक र विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। सभापति मुना राना थापाको मन्तव्यमार्फत कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार