काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । यसअघि बिहीबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रहेको थियो । आज मूल्य तोलामा २ सयले वृद्धि भइ सुनको मूल्य १ लाख ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ६५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार २ सय ८० कायम भइ कारोबार भइरहेको छ ।