काठमाडौं। भारतको राजस्थानस्थित चुरु जिल्लाको रतनगढ क्षेत्रमा पर्ने भानुदा गाउँमा आज भारतीय वायुसेनाको जगुआर विमान दुर्घटनाग्रस्त भएको छ। घटनास्थलमा २ जनाको शव फेला परेको छ ।
घटना भएको तुरुन्तै प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेको छ। स्थानीय बासिन्दाका अनुसार आकाशमा ठुलो आवाज सुनिएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो ।
विमान दुर्घटना भएको स्थान मरुभूमि क्षेत्रमा पर्छ। हाल सेना र स्थानीय प्रशासनले शवको पहिचान प्रक्रिया अगाडि बढाइरहेको छ।