२ वैशाख २०८३, बुधवार

काठमाडौं ।  भक्तपुरको मध्यपुर थिमीमा आज विस्का जात्रा मनाइएको छ। यसलाई स्विनिखः (बतीस खटको) जात्रा पनि पनि भनिन्छ । मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।

कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बतीस खटको जात्रा भनिएको सांस्कृतिविद्को भनाई छ। तर, अहिले विभिन्न कारणले यस जात्रामा १९ खटको सहभागिता हुने गरेको छ । यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ ।

बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरु चपाचोतर्फ लाग्दछ । त्यसपछि सिद्धिकाली गणका देवीदेवताहरु चपाचो क्षेत्रको परिक्रमा गर्न जान्छ भने बालकुमारी र विष्णुवीर गणका देवताहरु दिगुटोलबाट फर्केर निगुपुखु, इनायलाछि, दथुटोल, मरुटोलको परिक्रमा पछि लायकुमा खट बिसाइ जात्रा समापन गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार