बाबुछोरा मृतअवस्थामा फेला

Nagarik Sewa 4431+ समाचार ( )
८ पौष २०८१, सोमबार

काठमाडौं । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् । 

उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका बाबुछोराको शरीरमा चोट भेटिएको छ । कुलप्रसादको टाउको पछाडि र कानमा चोट भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनले भने, ‘प्रवीण अचार्यको पनि टाउको पछाडि चोट देखिएको छ ।’

अनुसन्धानको लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको छ । दुवाकोटस्थित केएमसी अस्पतालबाट फरेन्सिक विज्ञको टिम घटनास्थलमा गएर अनुसन्धान गरेका छन् । कुलप्रसाद आचार्य खोटाङस्थित जिल्ला हुलाक कार्यालयको निमित्त कार्यालय प्रमुख हुन् । ६ दिनअघि उनी काठमाडौं आएका थिए । उनका दुई भाइ छोरा मिलन र प्रवीण भक्तपुरमा बसेर पढ्थे । जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै थिए । कान्छो प्रवीण आचार्य भिएस निकेतनमा बिएससी पढ्दै थिए ।

बालकोट फिकाधारास्थित डेराको भुँइतलामा पुस ६ मा खाना खाएर उनीहरू डेरामा सुतेका थिए । छुट्टाछुट्टै कोठामा ताला लगाएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् । उनीहरूको हत्या भएको आशंका गरिएको डीएसपी नेउपानेले जानकारी दिए । उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार