गायक बाबुल गिरी हिरासतमा

Nagarik Sewa 4431+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । गायिका नितु पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार (कात्तिक ७) दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको हो ।

मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गएको शनिबार (कात्तिक १) दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उपचारका क्रममा शुक्रबारै बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार