नेकपा एसको नेताहरुको कार्यविभाजन सम्पन्न

Nagarik Sewa 4431+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । २६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । 

कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाउनुभएको छ  भने सङ्गठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाउनुभएको छ। वरिष्ठ नेता प्रमेश हमालले विदेश विभाग र घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाउनुभएको छ। 

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनमा महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बन्नुभएको छ। 

उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाउनुभएको छ। अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाउनुभएको छ। 

युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाउनुभएको छ । यद्यपि कार्यविभाजनको औपचारिक निर्णय सो पार्टीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार