काठमाडौं। प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिन आउन अस्वीकार गरिरहेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो ।