तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4501+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६ सय रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । 

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै