मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सानो प्रयासले नेपालमा गणतन्त्र नआएकाले यसको जर्गेना गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

Nagarik Sewa 5112+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गणतन्त्र दिवसको दिनमा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो प्रयासले नेपालमा गणतन्त्र आएको होइन । यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ ।’ साथै, उनले कम्युनिष्ट पार्टीभित्रै आँट र दृष्टिकोण नभएकाहरू पनि रहेको जिकिर गरे ।

‘कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन् । समय अनुसा चल्न नजान्नेहरू पनि हुन्छन्,’ अध्यक्ष नेपालले भने, ‘समयको प्रवाहलाई जसले बुझ्न सक्दैन, त्यस अनुसार अघि बढ्ने आँट गर्दैन, उसमा तपाईं आत्मविश्वास पाउनुहुँदैन ।’

उनले निराशाको शिकार कोही पनि हुन नहुने पनि बताए । ‘निराशाको शिकार हुन हुँदैन । अरुलाई पनि निराश बनाइरहेको हुन्छ । तत्कालीन नेकपा एमालेभित्र जस्ता विचार प्रवृत्ति देखा परेका थिए,’ उनले भने, ‘त्यसको विरुद्धमा हामी दृढताका साथ लाग्यौं । चुनौतीको सामना गर्ने, अवसलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्छ त्यसले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ ।’

उनले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ट तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गरे । ‘अहिलेका समस्याहरू हाम्रा सामु के के हुन् ? त्यसको बारेमा हामी वस्तुनिष्ट तरिकाले अघि बढ्न सक्छ । हामी वस्तुनिष्ट ढंगबाट विश्लेषण गर्छौं, गलतलाई गलत र सहीलाई सही भन्छौं,’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार