७८.८३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4376+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारमा अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेर नेप्से २५०३ अंकमा झरेको छ ।कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।

९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै .प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे। नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो। बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार