मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

३.१४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4670+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। 

गत कारोबार दिन अर्थात मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ६२ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८१ करोड रूपैयाँ कमी आएको हो।

आज ३०९ वटा धितोपत्रको एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो। बिहीबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९।९९ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७०९ रूपैयाँ ३० पैसा कायम भएको छ। 

यस्तै, विन नेपाल लघुवित्तको मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार ९५० रूपैयाँ पुगेको छ। बिहीबार बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १४१ रूपैयाँमा झरेको छ। यस्तै, गरिमा समृद्धि योजनाको मूल्य ७.७० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २३ पैसा कायम भएको छ। 

बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७७ रूपैयाँमा ६५ करोड ६६ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९३४ रूपैयाँमा ३८ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३।७७ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा जीवन बीमा समूहको परिसूचक २।४२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै