मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल

Nagarik Sewa 4756+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

काठमाडौं । अन्तिम समयको पेनाल्टी गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गरेको छ । आइतबार सेन्ट जेम्स पार्कमा पाहुना टोली लिभरपुलका कोडी गाक्पो र डोमोनिक स्जोबोस्जलाइले गोल गरे । घरेलु टोली न्युक्यासलका एन्थोनी एलांगा र जो विलकले गोल गरे ।

खेलको पाँचौँ मिनेटमै एलांगाको गोलबाट न्युक्यासलले अग्रता लिएको थियो । ५५औँ मिनेटमा गाक्पोले लिभरपुललाई बराबरीमा ल्याए । विलकले ५७औँ मिनेटमा गोल गर्दा न्युक्यासल २–१ ले अगाडि बढ्यो । हारतर्फ उन्मुख लिभरपुलले खेलको अन्त्यतिर पेनाल्टी अवसर प्राप्त गर्यो । 

इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्जोबोस्जलाईले न्युक्यासल युनाइटेडबाट अंक खोसे ।  यो नतिजासँगै दुवै टोलीले एक–एक अंक जोडेका छन् । आइतबारै सम्पन्न अन्य खेलमा ब्राइटनले एस्टन भिल्लालाई ४–० र म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार