मुख्य समाचार
डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका | काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा | नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त | १८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि | विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्: खगेन्द्र सुनार | सेयर कारोबारमा वृद्धि | निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ? |

डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित

Nagarik Sewa 4750+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

डडेल्धुरा । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र समयपालनलाई कडाइ गर्न छड्के निरीक्षणलाई तीव्रता दिएका छन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शुक्रबार बिहान ९ः१५ बजे जिल्लाका २५ वटा सरकारी कार्यालयमा गरेको छड्के निरीक्षणका क्रममा सात कार्यालय प्रमुखसहित ५८ कर्मचारी अनुपस्थित रहेको पाइएको छ।

प्रशासनिक अधिकृत तथा सूचना अधिकारी चन्द्रबहादुर रोकायाका अनुसार अनुपस्थित कर्मचारीलाई कार्यालयमा उपस्थित हुन नसक्नुको कारण खुलाउँदै स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। सम्बन्धित कार्यालयलाई पनि अनुपस्थित कर्मचारीको विवरण र कारण खुलाएर प्रशासनमा पठाउन भनिएको छ। डडेल्धुरामा करिब ४५ वटा सरकारी कार्यालय रहेकामा पहिलो चरणमा २५ कार्यालयमा हाजिरी निरीक्षण गरिएको हो।

नागरिकलाई प्रभावकारी र समयमै सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासनले आगामी दिनमा पनि छड्के निरीक्षणलाई निरन्तरता दिने जनाएको छ। यसले कर्मचारीको उपस्थिति, समयपालन र सेवा प्रवाहमा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ। प्रमुख जिल्ला अधिकारी वलीको सक्रियतासँगै डडेल्धुरामा प्रशासनिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास अघि बढेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै