मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

आजदेखि नागढुंगा सुरुङमार्ग खुला

Nagarik Sewa 4756+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका निम्ति पनि सञ्चालनमा ल्याइएको छ । नौजनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबार (भदौ ८)देखि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आउजाउ खुला गरिएको हो ।

उद्घाटनको समयदेखि आपत्कालीन सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि ‘इमर्जेन्सी’ सवारी, एम्बुलेन्स, सरकारी प्लेटका र नौ सिटसम्मका निजी सवारीसाधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए । परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका निम्ति सुरुङमार्ग प्रवेश खोलिएको हो । यसपछि अरू सवारीलाई पनि क्रमशः सुरुङमार्ग खुला गर्ने तयारी छ ।

“परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव केके भयो भन्ने बुझ्छौँ,” उनले भने । तत्कालका निम्ति निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । बिहान ९ देखि साँझ ६ बजेसम्म सुरुङमार्ग खुला गरिएको उनले जानकारी दिए ।

आजै बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले बताए । सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग शिलान्यासको सात वर्षपछि साउन ११ गते उद्घाटन गरिएको थियो । यसमा मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपत्कालीन सुरुङ छ । पैदलयात्री, दुईपांग्रे, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङमार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग निःशुल्क भने होइन । नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रँदा र बाहिरिँदा कार र भ्यानले प्रत्येकपल्ट क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनिबस, टिपरले भित्रँदा ११५, बाहिरिँदा ८० रुपैयाँ तिनुपर्छ । बस र ट्रकले भित्रँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै