मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

Nagarik Sewa 4623+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नति गर्नका लागि झण्डै पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको हो ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी–वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने भएको छ । विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो कामहरु सम्पन्न गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

स्तरोन्नतिका काम भइरहँदा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएकाले उडान सुरक्षामा असर नपरोस् भनेर उडान बन्द गरिएको आयोजनाले जनाएको छ ।

समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्नेछ भने विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीको भनाइ छ । प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै