भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा

Nagarik Sewa 4849+ समाचार ( )
१ असार २०८३, सोमबार

काठमाडौं। भीरबाट टेम्पो खसालेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। वन कार्यलय कैलालीका कर्मचारीले गोदावरीमा शनिबार एउटा टेम्पो धकेलेर भीरबाट खसालका थिए। 

गोदावरी–४ को गाईमारे क्षेत्रमा बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट धकेलेर खसालिदिएका थिए। धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन्। सो दृश्य सामाजिक सञ्जालमा भाइरल छ।

तर चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा उनको टेम्पो भीरबाट खसालियो। डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिए। सो भिडियो सामाजिक संजालमा भाइरल भयो। भिडियो सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूसम्मले घटनामा वन कर्मचारीहरूको व्यवहारको आलोचना गरे।

चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले १२ कर्मचारीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे आवश्यक सोधपुछका लागि डिभिजन वन कार्यालय कैलाली र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वन कार्यालयले भने सो टेम्पो वन तथा राजमार्ग क्षेत्र अतिक्रमण गरेर राखिएको र पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरेपछि अतिक्रमण हटाउने अभियानका क्रममा हटाइएको जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै