लेबनानमा इजरायलको भीषण बमबारी

Nagarik Sewa 4536+ समाचार ( )
५ आश्विन २०८३, शुक्रबार

काठमाडौं । लेबनानमा रातभरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सी एनएनएले शुक्रबार जनाएको छ । विभिन्न सहरलाई निसाना बनाएर गरिएको आक्रमण पछिल्लो समयको सबैभन्दा भीषण बमबारीमध्ये एक रहेको जनाइएको छ ।

इजरायली सेनाले इरान समर्थित हिजबुल्लाहद्वारा गरिएको युद्धविराम उल्लंघनको जवाफस्वरूप कारबाही थालेको जनाएको छ । इजरायल, अमेरिका, जर्मनी तथा अरू केही देशले हिजबुल्लाहलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रातको समयमा सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा हिजबुल्लाहका लडाकु र उनीहरूको सैन्य पूर्वाधारलाई निसाना बनाएको छ र यो कारबाही अझै जारी छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहबाट उत्पन्न खतरा पूर्ण रूपमा समाप्त नभएसम्म लेबनानमा आक्रमण नरोक्ने बताएका छन् ।

इजरायली सेनामा क्षति

लेबनानमा आक्रमण तीव्र बन्दै जाँदा इजरायलले यो भिडन्तमा आफ्ना चार सैनिक मारिएको पुष्टि गरेको छ । गएको साता अमेरिका–इरान शान्ति सम्झौता घोषणा भएपछि पहिलोपटक इजरायली सेनाले आफ्ना सैनिकको मृत्यु विवरण सार्वजनिक गरेको हो । मारिएका सैनिकमध्ये एकजना लेफ्टिनेन्ट कर्नेल दर्जाका वरिष्ठ अधिकारी रहेका इजरायल डिफेन्स फोर्सेसले जनाएको छ । यसैक्रममा फ्रान्सका विदेशमन्त्री जीन–नोएल बारोटले लेबनानमा जारी इजरायली सैन्य कारबाही रोक्न अमेरिकाले दबाब दिनुपर्ने बताएका छन् । उनले फ्रान्सले लेबनानी सेनालाई आवश्यक सहयोग तथा समर्थन जुटाउन एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार